जबरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय पुरुष पक्राउ

काठमाडौँ : कपिलवस्तुमा ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

शिवराज नगरपालिका- ३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले जनाएको छ। घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार