जापानमा भालुको आक्रमण बढ्न थाल्यो !

एजेन्सी : जापानमा भालुको आक्रमण बढ्न थालेपछि  शिकारसम्बन्धी कानुनलाई खुकुलो बनाउने तयारी भइरहेको छ । भालुको आक्रमणमा डरलाग्दो वृद्धि भईरहँदा जापानले आवासीय क्षेत्रहरूमा जनावरहरूलाई गोली हान्न सजिलो हुने नीति बनाउन आवश्यक रहेको बताएको हो ।

यो वर्ष सन् २०२४ को जनवरीदेखि  अप्रिलसम्म ३ महिनामा जापानमा २ सय १९ जना मानिस भालुको आक्रमण परेका थिए । यीमध्ये ६ जना गम्भीर  घाइते भएका बीबीसीले जनाएको छ । जापानमा पछिल्लो समय भालुहरु धेरै जनसङ्ख्या भएकाको क्षेत्रमा पसेर मानिसहरुमाथि घातक आक्रमण गरिरहेका खबरमा उल्लेख छ ।

Dengue

विशेषगरी शहरभन्दा बाहिरका क्षेत्रका मानिसहरु भालुको आक्रमणमा परेर गम्भीर घाइते हुने गरेका छन् । ज्यान गएको घटना भने रेकर्ड भएको छैन । जापानमा अहिलेको कानूनअनुसार, इजाजतपत्र प्राप्त शिकारीहरूले प्रहरी अधिकारीको स्वीकृति पछि मात्र जनावरलाई गोली हान्न पाउँछन् ।

सरकारले हतियारको स्वतन्त्र प्रयोगका  लागि संसदको आउँदो  अधिवेशनमा कानून परिमार्जन गर्ने योजना बनाएको छ । जापानको उत्तरी क्षेत्रमा  भालुको सङ्ख्या सन् १९९० देखि दोब्बरभन्दा बढी भएको छ । त्यहाँ झण्डै १२ हजार खैरो भालुहरू छन्, खैरो भालुहरु कालो भालुभन्दा धेरै आक्रामक मानिन्छन् ।

स्थानीय सरकारहरूले पनि भालुहरूको आक्रमणबाट मानव बस्तीलाई जोगाउन  विभिन्न प्रयास गरिरहेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार