कैलालीका किसान प्रविधिमैत्री , धान रोपाइँ र थ्रेसिङ सँगसँगै

धनगढी : कैलालीको कैलारी गाउँपालिका ६ का प्रभात कुमार चौधरी असारमा पाकेको चैते धान भित्र्याएर बर्खे धान रोप्न भ्याइसकेका छन् । चैते धान काटे लगत्तै उनले बर्खे धानको रोपाइँ गरेका हुन् ।

प्रविधिको विकाससँगै किसानलाई कृषियन्त्रको प्रयोगले खेतीमा सहजता भएको छ । धानको रोपाइँदेखि खेतमै थे्रसिङ गर्ने कृषियन्त्र प्रयोग गर्न थालेपछि पछिल्लो समय एक लटको धानको थ्रेसिङ र अर्को लटको धानको रोपाइँ सँगसँगै सम्भव भएको हो ।

Dengue

प्रभात चौधरीले भने, ‘यन्त्र–उपकरण नभएको भए कहाँ गर्न सकिथ्यो रु यन्त्र–उपकरणले खेती गर्न निकै सहज भएको छ ।’

कैलारी–२, कैलारी गाउँका तिलक चौधरीले पनि एक बिघा जमिनमा रोपिएको चैते धान असारमा भित्र्याएका छन् । खेतको खनजोतदेखि बाली भित्र्याउँदासम्म उनी आधुनिक मेसिन प्रयोग गर्छन् । पाकेको धान पनि उनले कम्पेन मेसिनको मद्दतमा भित्र्याएका हुन्, जसले धान काट्ने कामसँगै थे्रसिङ पनि गर्छ ।

उनले भने, ‘प्रविधिको प्रयोगले लागत घटाउँछ । प्रविधिको प्रयोगमा मौसम प्रतिकूलताको खासै प्रभाव रहन्न । मेसिन नभएको भए यो असारमा सँगै धान काट्न र थ्रेसिङ गर्नु, त्यसपछि अर्को धान बाली रोप्नु सम्भव नै थिएन नि ।’

किसानहरू धानका साथै गहुँ बालीमा प्रविधिको प्रयोगमा अग्रसर छन् । भजनी नगरपालिका–७ लालबोझीका कृषक खोजराम चौधरीले धान, गहुँलगायत बाली थ्रेसिङमा कम्पेनको प्रयोग गर्दै आएको बताउँछन् । उनले भने, ‘कम्पेनले गहुँ काटेर सिधै दाना निकाल्ने गरेको छ । यसले एकै दिनमा धेरै गहुँ काट्न सकिन्छ । निकै सजिलो छ ।’
चैते धान भित्र्याइसकेपछि लगत्तै रोपाइँ गर्दा चैते धानको परालसहितको भागले हरियो मलको काम गर्ने तिलक चौधरी बताउँछन् ।

पछिल्लो समय कैलालीका किसान खनजोतका लागि पावर टिलर, रोटाभेट, सिडड्रिल, कम्पेनलगायत प्रविधि प्रयोगमा अग्रसर देखिएका छन् । प्रविधिकै प्रयोगले उनीहरू वर्षमा ३ बालीसम्म लिन सफल हुँदै आएका छन् ।

किसानहरू धानका साथै गहुँ बालीमा प्रविधिको प्रयोगमा अग्रसर छन् । भजनी नगरपालिका–७ लालबोझीका कृषक खोजराम चौधरीले धान, गहुँलगायत बाली थ्रेसिङमा कम्पेनको प्रयोग गर्दै आएको बताउँछन् । उनले भने, ‘कम्पेनले गहुँ काटेर सिधै दाना निकाल्ने गरेको छ । यसले एकै दिनमा धेरै गहुँ काट्न सकिन्छ । निकै सजिलो छ ।’

कम्पेनले काटेको गहुँ थ्रेसिङ गर्नुपर्ने झन्झट नरहने चौधरीको अनुभव छ ।

किसानको हिसाब किताब

कृषि यन्त्रको प्रयोगले किसानहरू मनग्य आम्दानी लिन थालेका छन् । बेनौलीका कृषक प्रभात चौधरीले ५ कट्ठा जमिनमा १३ क्वीन्टलसम्म चैते धान फलाउन सफल भएको बताए । ५ कट्ठा जमिनमा खेती गर्दा उनको १७ हजारसम्म खर्च आएको थियो । ३५ सय रुपैयाँ प्रति क्वीन्टलका दरले धान बिक्री गरेका उनले राम्रो मुनाफा भएको भन्दै खुसी व्यक्त गरे ।

कैलाली सुदूरपश्चिममा प्रमुख धान हुने जिल्ला मानिन्छ । कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीका अनुसार यहाँ ६७ हजार ४३६ हेक्टर क्षेत्रमा धान खेती हुन्छ । जसमा १ हजार १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुन्छ ।
त्यस्तै तिलक चौधरीले १ बिघामा ३० क्वीन्टल चैते धान फलाएका छन् । जसमा उनको २० देखि २५ हजार रुपैयाँ खर्च आएको थियो । चार महिनाको अवधिमा एक बिघा जमिनमा धान खेतीबाट ७५ हजारसम्म खुद मुनाफा लिन उनी सफल भएका छन् ।

कैलाली सुदूरपश्चिममा प्रमुख धान हुने जिल्ला मानिन्छ । कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीका अनुसार यहाँ ६७ हजार ४३६ हेक्टर क्षेत्रमा धान खेती हुन्छ । जसमा १ हजार १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुन्छ ।

अधिकांश किसानले व्यावसायिक रूपले खेती गर्दै आएको कृषि प्रसार अधिकृत चौधरी बताउँछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार