एक वर्षपछि नेप्से २२ सय विन्दुमाथि

काठमाडौं : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक एक वर्षपछि २२ सय विन्दु पार गरेर बन्द भएको छ । गत वर्षको साउन ८ गते २२ सय विन्दुमा बन्द भएको बजार त्यसपछिका कारोबार दिनमा त्यसभन्दा माथि पुग्न सकेको थिएन । 

तर, गएको माघ ३ गते भने बजारले उच्च विन्दु २२१५ कायम गरेको थियो । सो दिनको उच्च विन्दु २२ सय पार गरेको भए पनि २१६३ विन्दुमा झरेर बन्द भएको थियो । आज सेयर बजारमा सात अर्ब आठ करोड रुपैयाँको कारोबार भएको छ । यो ६ महिनापछिकै उच्च मूल्यको सेयर कारोबार हो ।

Dengue

यसअघि माघ ७ मा सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज लघुवित्त र व्यापार समूहको परिसूचक घटेको छ । लघुवित्तको परिसूचक ०.५३ प्रतिशत र व्यापार समूहको परिसूचक ०.३९ प्रतिशतले घटेको छ ।

वाणिज्य बैंक, निर्जीवन बिमा र जीवन बिमा समूहको परिसूचकले आज बजारलाई उचालेको देखिन्छ । यसदिन जीवन बिमा समूहको परिसूचक ३१८.६९ अंकले बढेको छ भने निर्जीवन बिमा समूहको परिसूचक १११.९० अंकले बढेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूहको परिसूचक प्रतिशतका हिसाबले अरु समूहभन्दा उच्च बढेको छ । यो समूहको परिसूचक २८.२७ अंक अर्थात् २.४२ प्रतिशतले बढेको छ । आज नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा बन्द भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार