फलामको कराईमा खाना पकाएर खाँदा हुने फाइदा !

काठमाडौँ : धेरैले शरीरमा आइरनको कमी पूरा गर्न फलामको कराईमा तरकारी पकाएर खाने गर्छन् । यसरी फलामको भाँडोमा पकाएर खाँदा शरीरमा रगतको मात्रा पूरा हुन्छ ? वा एनीमियाको समस्यामा यसले काम गर्छ त ?

शरीरमा आइरनको प्रर्याप्त मात्रा हुनु एकदमै जरुरी हुन्छ । किनकि यसले हेमोग्लोबिन बनाउँछ । यसले रेड ब्लड सेल्सको कार्यलाई पनि सजिलो बनाउँछ । यही कारण पनि स्वस्थ रहनका लागि शरीरमा आइरनको पर्याप्त मात्रा हुन जरुरी हुन्छ ।

Dengue

यदि तपाईंलाई पनि आइरनको कमी भइरहेको छ भने फलामको कराईमा खाना पकाउन सक्नुहुन्छ । यसले शरीरमा आइरनको कमी पूरा गर्न सक्छ । यस्ता भाँडामा पकाएको खानाले शरीरमा आइरनको मात्रा बढछ । जसले गर्दा कमजोरी, थकान जस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

एनीमियाबाट बच्न र रगतको कमी पूरा गर्न दैनिक फलामको भाँडामा खाना बनाउनुहोस् । यसमा बनाएको खाना लामो समय तातो पनि रहन्छ । जसले गर्दा तपाईंलाई पुनः तताइरहनु पर्दैन ।

दैनिक रुपमा फलामको भाँडामा पकाएको खाना खानुहुन्छ भने यसले शरीरलाई कुनै पनि हानिकारक नराम्रो प्रभाव पर्न सक्दैन । यो खाना सुरक्षित हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार