बीरगञ्जतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौँ : बारापूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मलंगवाबाट पर्साको बीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस बाराको पसाह खोला नजिकै दुर्घटना भएको हो ।

भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक गर्न खोज्दा पल्टिन पुगेको प्रहरी अनुमान छ । दुर्घटनामा घाइते भएकामध्ये रौतहटको बिन्दावन नगरपालिका(१ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय निजगढले बताएको छ ।

Dengue

उनलाई ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ ।प्रहरीले बसका सहचालक सर्लाही मलंगवा नगरपालिका(१० बस्ने २८ वर्षीय राकेशकुमार शाहलाई नियन्त्रणमा लिएको छ भने बस चालक सर्लाहीको मलंगवा नगरपालिका(९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन् ।

घाइतेहरूको सिमरास्थित सिमरा सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार