नेपाली सेनाका ३ हजार ८८७ जना जवान दीक्षित, खटिने भए कार्यक्षेत्रमा

काठमाडौं : नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम बुधबार सम्पन्न भएको छ । गत भदौ ३ गतेदेखि तालिम सुरु भएको थियो ।

तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३ हजार १३३ जना पुरुष तथा ७५४ जना महिला गरी कुल ३ हजार ८८७ जना सैनिकहरू दीक्षित भएका छन् ।

Dengue

नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, बाहिनीपतिहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए ।

त्रिशूलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै बलाधिकृत रथी अशोकराज सिग्देलले नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएका सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना दिए । उनले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिए ।

देशका विभिन्न तालिम केन्द्रहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार