धनगढी : कैलालीको धनगढीस्थित २ कम्पनीलाई कर छली गरेको भन्दै ३६ लाख जरिवाना तिराइएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रहरी कार्यालयले गरेको अनुगमनको क्रममा धनगढीस्थित आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सले कैफियत गरेको भेटिएपछि जरिवाना तिराइएको हो
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी निरीक्षक गंगादत्त बडुले आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेडलाई ३२ लाख ३ हजार र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई ४ लाख ३९ हजार जरिवाना गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्