च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नजाने

काठमाडौं : च्याम्पियन्स ट्रफी सन् २०२५ को फेब्रुअरीदेखि पाकिस्तानमा हुँदैछ ।

भारतीय टोली प्रतियोगितामा भाग लिन पाकिस्तान जाने/नजाने भन्नेबारे विभिन्न बहस भइरहेको छ । केही भारतीय पूर्वक्रिकेटरहरु पाकिस्तानमा जान कुनै असुरक्षा नरहेको बताउँछन् ।

Dengue

तर, बीसीसीआईले नै यसबारे आधिकारिक निर्णय गर्नेछ । हालै समाचार एजेन्सी एएनआईले च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नजाने खुलासा गरेको छ ।

बीसीसीआईले भारतका खेल पाकिस्तानको सट्टा दुबई वा श्रीलंकामा गराउन आग्रह गरेको जनाइएको छ । तर, यसबारे बीसीसीआईले अहिलेसम्म आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

गत वर्ष पाकिस्तानमा भएको एसिया कप सिरिज खेल्न पनि भारत गएको थिएन । त्यसबेला भारतका खेलहरू श्रीलंकामा भएका थिए ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले च्याम्पियन्स ट्रफी सन् २०२५ लाई अर्को वर्ष १९ फेब्रुअरीदेखि ९ मार्चसम्म भारतका सबै खेलहरू लाहोरमा आयोजना गर्ने प्रस्ताव पठाएको थियो ।

जसमा १० मार्च फाइनलको लागि रिजर्भ डे हुनेछ । पीसीबीले प्रतियोगिताका १५ खेलको ड्राफ्ट आईसीसीलाई पठाएको छ । आईसीसीले प्रतियोगितामा सहभागी ८ टोलीको बोर्डबाट सहमति लिएर मात्र यो तालिका स्वीकृत गर्नेछ ।

पाकिस्तानले मार्च १, २०२५ मा लाहोरमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भारतको सामना गर्न सक्छ । तर, बीसीसीआईले यो खेलका लागि अहिलेसम्म सहमति दिएको छैन ।

आईसीसी बोर्डका एक वरिष्ठ सदस्यले बुधबार पीटीआईलाई यो जानकारी दिए । सन् १९९६ पछि पहिलो पटक पाकिस्तानले आईसीसीको ठूलो प्रतियोगिता आयोजना गर्दैछ । तर, सन् २००८ मा पीसीबीले पूरै एसिया कप आयोजना गरेको थियो र गत वर्ष पनि एसिया कपका केही खेलहरू पाकिस्तानमा आयोजना भएका थिए ।

रिपोर्ट अनुसार पीसीबी अध्यक्ष मोहसिन नकवीले च्याम्पियन्स ट्रफी २०२५ को लागि १५ खेलको तालिका आईसीसीलाई पठाएका छन् । जसमा सुरक्षाका कारण भारतका सबै खेल लाहोरमा राखिएको छ ।

आईसीसी बोर्डका एक सदस्यले भने, ‘पीसीबीले १५ खेलको आईसीसी च्याम्पियन्स ट्रफीको ड्राफ्ट बुझाएको छ । लाहोरमा सात खेल, कराँचीमा तीन र रावलपिंडीमा पाँच खेल हुनेछन् । उद्घाटन खेल कराँचीमा हुनेछन् । सेमिफाइनल कराँची र रावलपिण्डीमा हुनेछ, यसबाहेक फाइनल खेल लाहोरमा हुनेछ, यदि टोली सेमिफाइनलमा पुग्यो भने यो खेल पनि लाहोरमा हुनेछ ।’

समूह ‘ए’मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड संगै राखिएको छ । समूह ‘बी’मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार