डोटीको गोपघाट बजारमा ट्याक्टरले ठक्कर दिदा साइकलमा सवार बालक घाइते !

डोटी : डोटीको शिखर नगरपालिकाको गोपघाट बजारमा ट्याक्टरले ठक्कर दिदा साइकलमा सवार बालक घाइते भएका छन्।

बाजुरादेखि धनगढीतर्फ आइरहेको बुढिनन्दाका २८ वर्षीय चक्र खड्काले चलाएको से २ प २६१ नम्बरको ट्याक्टले ठक्कर दिदा १४ वर्षीय सुदिप बलायर घाइते भएका प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

बलायर गोपघाट बजारदेखि तिलतालीतर्फ जाने क्रममा ठोक्किएका थिए। उनी शिखर नगरपालिका–८ का स्थानीय हुन्।

बलायरको दाहिने खुट्टा, छातिमा चोट लागेको छ। गम्भीर अवस्थाका बलायरलाई थप उपचारका लागि धनगढी ल्याइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार