बैतडीका बालबालिकालाई पढ्नभन्दा पानी बोक्नकै चिन्ता

बैतडी : खानेपानीको धारा नहुँदा भितडा गाउँपालिकाका अधिकांश बालबालिकाको पढ्ने समय पानी बोक्नमै बित्ने गरेको छ । बालबालिका मात्रै होइन, भितडा गाउँका जनप्रतिनिधिसमेत बालबालिकासँगै खोलाबाट पानी बोकेर पिउँदै आएका छन् ।  

पुर्चौडी नगरपालिका–४, भटनाको भितडा गाउँमा ३० घरपरिवार दलितको बसोबास छ । बालबालिकासँगै पानी भर्न खोलामा भेटिएकी बागमती चुनारा नगर कार्यपालिकाका सदस्य हुन । यद्यपि खानेपानीको योजना ल्याउन नसक्दा उहाँ आफैँ पानी भर्न कोइराली खोला झर्नुभएको हो । 

Dengue

“जनप्रतिनिधि भएर के गर्नु ?  मैले आफ्नै गाउँमा खानेपानीको योजना ल्याउन सकेकी छैन,” बागमती  चुनाराले भनीन् । बजेट बाँड्ने बेला दलित महिलाको कुरा सुनुवाइ हुँदैन, हस्ताक्षर गरेर ताली पिट्न लगाएर बजेट पास हुन्छ ? बजेट कहाँ जान्छ ? केही थाहा हुँदैन उनले दुःखेसो राखीन् । 

खानेपानीको समस्याले पढ्ने समय पानी बोक्नमै बित्ने गरेको विद्यार्थी रमेश चुनाराले बताए । उनले पठनपाठनको भन्दा टाढाबाट पानी बोक्नुपर्ने कुराको चिन्ता लाग्ने गरेको गुनासो गरे । 

पुर्चौडीका दलित समुदायका बालबालिकाको बिचमै पढाइ छाड्ने दर उच्च रहेको स्थानीय शिक्षक दिनेश नागारीले बताए । शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत कुराबाट दलित समुदाय अझै वञ्चित रहेका छन् । यस गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत छन् । 

स्थानीय सरकारको अधिकांश बजेट बाटो खन्न र पालिकाका भौतिक संरचना निर्माणमा खर्च हुने गरेको छ । पानीका लागि १०  लाख रुपियाँको योजना हुने हो भने कोइराली खोलाबाट भितडा गाउँमा खानेपानी पु(याउन सकिने सम्भावना रहेको महिला जनप्रतिनिधि चुनाराले बताईन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार