बर्दिया : बारबर्दिया नगरपालिका–९ कतरनियाका करिब ५० वर्षका एक पुरुषको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय गोपाल थारु सोही पालिका–११ लम्की फाटास्थित भूपेन्द्र राना भाटको घरमा मिटर जडान गर्ने क्रममा विद्युत्को पोलमाथि चढ्दा करेन्ट लागेर खसेका थिए ।
पोलबाट खसेर गम्भीर घाइते बनेका थारुको उपचारका क्रममा नगर अस्पताल जयनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जनाए ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस्