कैलालीमा बसले मोटरसाईकललाई ठक्कर दिंदा चौधरीको मुत्यृ,जोशी घाईते

धनगढी : कैलालीको गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाईते भएका छन् ।

गोदावरी नगरपालिका–६ का नन्दराम चौधरीको मृत्यु भएको हो। बुधबार सुदूरपश्चिम प्रदेश ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट धनगढी आइरहेको बा ५ ख १४१० नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। गोदावरी–६ हरैयामा दुर्घटना भएको हो।

Seti Hospital

दुर्घटनामा गोदावरी–८ जमुनाभाडीका लेखकराज जोशी घाइते भएको इलाका प्रहरी कार्याल मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बस चालक हेटौँडा–१३ का ३५ वर्षीय रामशरण घर्तीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार