अचेत भेटिएका दुई जनाको मृत्यु, एकको परिचय खुल्यो !

धनगढी : कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-५ बस्ने ५१ वर्षीय सागर विक र अर्का एक जनाको भने परिचय नखुलेको प्रहरीले जनाएको छ।

दुवैजना मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार विकलाई स्थानीय सडकखण्ड र परिचय नखुलेका अर्का पुरूषलाई लम्कीचुहा नगरपालिका-३ को रानीजमराकुलरिया सिचाइँ आयोजनाको नहरमा अचेत फेला परेका हुन्।

SHIKHAR COOL TECH

उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार