धनगढीमा सर्पको बिगबिगी, सतर्क रहन नगरप्रहरीको आग्रह

धनगढीः  कैलालीको धनगढीमा सर्पको बिगबिगी बढेको छ। वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै सर्पको बिगबिगी बढेको छ।

नगर प्रहरीले वडा नम्बर २ देखि वडा नम्बर १४ मा बसोबास गर्ने केही स्थानीयको घरभित्र पसेको सर्पको उद्दार गरेको छ। धनगढी उपमहानगरपालिका–३ फाप्ला नजिकै रहेको रेशम पन्तको घरबाट नगर प्रहरीले सर्पको उद्दार गरेको छ। धनगढी–३ मै पक्की कुवाकी धना बिष्टको घरबाट सर्प समातेर सुरक्षित स्थानमा छोडिएको छ।

Dengue

धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले धनगढी–७ की कल्पना बोहराको घरबाट ब्ल्याक कोब्रा सर्पको उद्दार गरेको छ। धनगढी–१४ मा पनि स्थानीयको घर भएको स्थानबाट कोब्रा सर्प उद्दार गरेर सुरक्षित स्थानमा छोडीएको छ। त्यस्तै धनगढी–१३ हिमाली टोलका सौरभ बानियाँको घरबाट पनि सर्प समातिएको छ।

धनगढी–७ जोखर ताल चोक नजिकै घर भएका तिलक मौनीको घरबाट नगरप्रहरीले करेत नामक सर्प समातेको छ। धनगढी–२ सन्तोषी टोलका प्रकाश डिसीको घरबाट पनि सर्पको उद्दार गरेर नगर प्रहरीले संभावित दुर्घटना हुनबाट जोगाउने काम गरेको छ।

नगरप्रहरीले एक साताको अवधिमा करिब एक दर्जन घरबाट सर्प समातेर सुरक्षित स्थानमा छोड्ने काम गरेको छ। घरवरिपरी तथा घरभित्र सर्प पसेमा नगरवासीले नगरप्रहरीलाई खबर गर्दै आएका छन्। नगर प्रहरीले चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म झण्डै चार सयको संख्यामा सर्पको उद्दार गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार