अचेत अवस्थामा भेटिएका २ पुरुषको मृत्यु

धनगढी : कैलालीमा अचेत अवस्थामा भेटिएको २ पुरुषको मृत्यु भएको छ । कैलालीको लम्कीचुँहा नगरपालिकाका छुुट्टाछुटै स्थानमा मंगलबार अचेत अवस्थामा भेटिएका २ पुरुषको मृत्यु भएको हो ।

लम्कीचुहा नगरपालिका – ३ खैरेनि स्थित रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरमा नाम, थर नखुलेका ५५/५६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका – ५ का ५०/५१ वर्षीय सागर विक बाटोमा अचेत अवस्थामा फेला परेका थिए ।

Dengue

दुवैजनालाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उद्दार गरी स्थानीय अस्पतालमा लगेपछि दुवैजनालाई डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार