यामालले रचे नयाँ इतिहास

काठमाडौँ : युरो २०२४ मा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा स्पेनका युवा खेलाडीले नयाँ इतिहास रच्न सफल भएका छन् । यामाल युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन् ।

स्पेन ०–१ गोलले पछि परेको स्थितिमा यामालले २१ औँ मिनेटमा गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए । उनले डीबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए ।

Dengue

उक्त गोल गर्दा उनी १६ वर्ष ३ सय ६२ दिनका मात्र थिए । उनले स्विट्जरल्यान्डका जोहान भोनलानथेनको रेकर्ड तोडेका हुन् । भोलान्थेनले सन् २००४ को युरोमा १८ वर्ष १४१ दिनको उमेरमा गोल गरेका थिए । उनले पनि फ्रान्सविरुद्ध नै गोल गरेका थिए ।

यामाल युरो खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनी जुलाई १३ मा १७ वर्षको पुग्नेछन् । उनी जारी युरोमा सबैभन्दा बढी गोलको अवसर सिर्जना गर्ने खेलाडी पनि रहेका छन् । उनले हालसम्म ३ वटा एसिस्ट गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार