शैक्षिक गुणस्तर सुधार्न एभरेस्ट बैंकको २ लाख १० हजार सहयोग

धनगढी : निजी क्षेत्रको एभरेस्ट बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकको धनगढी शाखाले मंगलबार २ लाख १० हजार रुपैयाँ नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।

बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका ४० जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न सो रुपैयाँ सहयोग गरेको जनाएको छ ।

SHIKHAR COOL TECH

धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो ।

सो कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ड्रप आउट रोक्न सहयोग पुग्ने उपमहानगरनगरको भनाई रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार