माछा मार्न गएका धनगढीका लालबाबु मोहना नदिमा डुबे!

धनगढी : कैलालीको मोहना नदीमा डुबेर धनगढीका एक पुरुषको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको मोहना नदीमा माछा मार्ने क्रममा मंगलवार डुबेर मृत्यु भएको हो।

SHIKHAR COOL TECH

नदीमा माछा मार्ने क्रममा डुबेर राना बेपत्ता भएका थिए। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा नदीमा राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार