अछामको ढकारी गाउँपालिकामा कार्यालय प्रमुख माथि हातपात

अछामः अछामको ढकारी गाउँपालिकामा कार्यालय प्रमुख लक्ष्मण शाहमाथि हातपात भएको छ।

स्थानीय नेपाली काँग्रेसका नेता टंकबहादुर साउँदले कार्यालय प्रमुख शाहमाथि हातपात गरेका हुन्। सोमबार अपराह्न ४ बजेको समयमा साउँदले कार्यालयमै शाहमाथि आक्रमण गरेका हुन्। घटनाको विषयमा गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको भन्दै प्रशासनको ध्यानाकर्षण गरेको छ।

Galaxy

गाउँपालिकाले दोषीलाई कडा कारबाहीको माग समेत गरेको छ। कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति नभएसम्म सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिएको छ। न्याय प्रदान गर्ने निकायहरुबाट उचित कारबाही नभएसम्म आकस्मिक सेवावाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने भन्दै विज्ञप्ति जारी गरिएको छ। तर मिलापत्र गर्न कुटपिटमा संलग्न साउँद, गाउँपालिका अध्यक्ष र कार्यालय प्रमुख शाह जिल्ला प्रशासन कार्यालयमा गएको उपाध्यक्ष नेत्रकलादेवी शाहीले बताएकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार