बैतडीको पञ्चेश्वरमा बिरुवा रोपण अभियान सुरु, विद्यालयसहितका कार्यालयले अनिवार्य रोप्न पर्ने

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाले विरुवा रोपण अभियान सुरु गरेको छ । लगातारको बर्षा रोकिएपछि गाउँपालिको विभिन्न निकायबाट प्राप्त तथा पालिकाले खरिद गरेका विरुवाहरु कार्यालयमा रोपणका साथ विवरण समेत गरेको छ ।

मंगलबार गाउँपालिका परिसरमा विरुवा रोपण गदै गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले मातथका सरकारी कार्यालयसहित विद्यालयहरुका कर्मचारीे अनिवार्य बोट विरुवा रोप्नु पर्ने निर्देशन गरेका बताए।

उनले यहाँका नागरिकले मात्र नभई कर्मचारीले समेत बोट बिरुवा अनिवार्य रोप्ने गरी ३२ सय वोटहरु वितरण गरेको बताए । मंगलबार निमीत्त प्रमुख प्रशासकिय अधिकृत रामसागर साहसहितका कर्मचारीले समेत बोट गाउँपालिका कार्यालय परिसरमा बोटविरुवा रोपण गरेका छन् ।

बोट रोपण गर्दै उपाध्यक्ष बिना भट्टले हरियाली पञ्चेश्वर बनाउने अभियानमा थप टेवापुग्ने बताइन् ।

बडर, दाल चिनि, लप्सि, इपिल, टिमुर, रिठा, बकाई नो बोट बिरुवा कार्यालय तथा व्यक्तिलाई विवरण गरेको पञ्चेश्वर कृषि शाखामा कार्यरत कृषि प्राविधिक पाँचौ धनराज वलीले बताए ।

उनका अनुसार यहाँका सम्र्पण विद्यालय, स्वास्थ्य चौकी, ६ वटै वडा कार्यालयलाई बोटहरु विवरण गरेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार