लालपुरको कल्प पाठशालाले ३ विद्यार्थीलाई ग-यो सम्मान

धनगढी : कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा रहेको कल्प पाठशालाले (यसअघि केदारेश्वर बोर्डिङ स्कुल) ३ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

उक्त विद्यालयले ८ कक्षासम्म सोही विद्यालयमा अध्ययन गरी अन्य विद्यालयबाट एसइई दिएर उत्कृष्ट नतिजा ल्याएका ३ जनालाई सम्मान गरेको हो ।

Dengue

कक्षा ८ सम्म नै सञ्चालनमा रहेको उक्त विद्यालयमा अध्ययनरत पुजा विनाडी, मनिषा खड्का र सुमित राज भट्टलाई खादा तथा मायाको चिनोले सम्मानित गरेको विद्यालयका अध्यक्ष गणेश जिमि साउँदले बताए ।

उक्त विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरी अन्य विद्यालयबाट एसइई दिएकी मनिषाले ३.७३, सुमितले ३.६५ र पुजाले ३.१५ जिपिए ल्याएका थिए । उनिहरुलाई मंगलबार विद्यालयका अध्यक्ष साउँद र निर्वतमान अध्यक्ष खम्ब बुढाले सम्मानित गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार