लम्कीचुहाले ल्यायो १ अर्व १० करोडको बजेट

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाले १ अर्व १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ । मंगलबार नगरको तेह्रौ अधिवेशनको दोस्रो बैठकमा आर्थिक वर्ष २०८१÷८२ को बजेट पेश गरिएको हो । जसमध्ये चालु तर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगत तर्फ ४० करोड २६ लाख ४० हजार हुने जनाइएको छ ।

बजेटको श्रोतमा आन्तरिक आयबाट २४ करोड ५४ लाख ५९ हजार, राजश्व बाँडफाँडबाट १८ करोड ३५ लाख ५१ हजार, समानिकरण अनुदान नेपाल सरकारबाट १८ करोड ३० लाख, समानिकरण अनुदान प्रदेश सरकारबाट १ करोड ७५ लाख ९० हजार, सशर्त अनुदान नेपाल सरकारबाट ४३ करोड ५३ लाख ४१ हजार, सशर्त अनुदान प्रदेशबाट १ करोड १३ लाख ७० हजार, विशेष अनुदान नेपाल सरकारबाट १ करोड १० लाख, विशेष अनुदान प्रदेश सरकारबाट २५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड ६८ लाख हुने अनुमान गरिएको छ ।

Dengue

नगरपालिकाले जेठ २१ गते आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको भएपनि नगरप्रमुख विदेश भ्रमणमा रहेकाले बजेट भने ल्याउन सकेको थिएन ।

कैलालीका अन्य पालिकाले भने असार १० भित्र नीति कार्यक्रम तथा बजेट ल्याएका थिए । स्थानीय पालिकाले असार १० भित्रै आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार