मौसममा केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थाले

काठमाण्डौ : मौसममा केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थालेका छन् । लगातार परेको पानीले कञ्चनपुरको नौवटा पालिकाका चार हजारभन्दा धेरै जना सुरक्षित ठाउँमा सरेका थिए । आज बिहानदेखि पानी पर्नेक्रम केही कम भएको छ ।

बाढी तथा घर डुबानमा परेका पीडित विद्यालय, वडा कार्यालय, सार्वजनिक ठाउँ र आफन्तकोमा आश्रय लिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार अहिलेसम्म दुई हजार जनाभन्दा धेरै घर फर्किएका छन् ।

Dengue

दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा पनि आवागमन खुलेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार