बेलडाँडी र बेलौरी क्षेत्रमा पानी भरिदै, चौधर नदीले फुटाएको नहर अझै भएन मर्मत

धनगढी : सोमबार बिहान कञ्चनपुरको बेलडाँडीमा चौधर नदीले महाकाली सिचाइको नहर फुटाएर गाउँमा प्रवेश गरेपछि बेलडाँडी र बेलौरीका आधा दर्जन भन्दा बढी गाउँको जनजीवन प्रभावित बनेको छ ।

अविरल वर्षाको कारण सोमबार बिहान बेलडाँडी गाउँपालिका –५ भुर्षामा चौधर नदीले नहर भत्काएको थियो । अहिले नहर भत्काएको ठाउँबाट पसेको नदीको पानीले बेलडाँडीको इमलिया, झरिलमिला, वैवाहा, चवन्नकी र बेलौरीको भुडा शिवनगर र सडकघाट, कानपुर र कलकत्ता डुबानमा परेका हुन ।

Dengue

नदीको पानी मंगलबार बिहान सम्ममा बेलौरी नगरपालिका – १० भुड सम्म पुगेपछि अहिले वडा कार्यालय, हेल्थ पोस्ट, विद्यालय, सशस्त्र क्याम्प डुबानमा परिसकेका छन् । बेलौरी नगरपालिका –१० भुडा, बाराझाला शिवनगरका करिब ५ सय भन्दा बढी घर डुबानमा परेका छन् । सोमबार राती घरमा पानी पसेका परिवारहरू अग्लो ठाउँ, विद्यालयमा रात बिताएका थिए ।

चौधर नदी बस्तीमा आएपछि बेलडाँडी गाउँपालिका – ५ को इमलियामा करिब १ सय ५० घर र गौडीमा २ सय भन्दा बढी घर बाढीले प्रभावित गरेको वडाध्यक्ष इन्द्र खडकाले बताए । अध्यक्ष खडकाका अनुसार सार्की टोलका करिब २० जना घर विहीन भइसकेका छन् । वडा नम्बर ५ मा अहिले विपद् व्यवस्थापन टिम बाढी पीडितको विवरण सङ्कलन गरिरहेको छ ।

त्यस्तै बेलडाँडी गाउँ पालिका – ३ वैवाह र खैरिघाटका करिब ९ सय भन्दा बढी परिवार बाढी प्रभावित रहेको वडाध्यक्ष दुर्गा चौधरीले बताए । अध्यक्ष अनुसार वैवाह र खैरिघाटमा अहिले पनि अधिकांश घरमा पानी छ । बाटोमा पानी भरिएकाले आवतजावत गर्न समस्या भएको छ । पानीको सतह घटेपछि क्षतिको यकिन तथ्याङ्क आउने अध्यक्ष चौधरीले बताए ।

सोमबार दिउँसो वर्षा रोकिए पनि बस्तीमा नहर फुटेको ठाउँबाट नदीको पानी गइरहेको छ । पानी गइरहेकै अवस्थामा तत्काल मर्मत गर्न सक्ने अवस्था नरहेको महाकाली सिचाइ जल उपभोक्ता समितिका केन्द्रीय अध्यक्ष भीम बहादुर थापाले बताए ।

‘नदीको पानी नहर फुटाएको ठाउँबाट गइरहेकै छ, नहर मर्मत गर्न पहिले नदी डाइभर्ट गर्नुपर्छ अध्यक्ष थापाले भने ‘तत्कालै गर्न सकिएला जस्तो छैन, तार जाली लाएर नदी डाइभर्ट गरिए मर्मत गर्न सकिन्छ ।’

मर्मतको लागि सिचाइ कार्यालयमा खबर गरिसकिएको छ । मर्मतको लागि प्राविधिक आइसकेपछि इस्ट्मेट अनुसार काम गरिने अध्यक्ष थापाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार