घरमाथिबाट पहिरो खसेपछि बैतडीको शिवनाथमा एक परिवार विस्थापित 

बैतडी :लगातारको बर्षाका कारण घरमाथिबाट पहिरो खसेपछि बैतडीको शिवनाथमा एक परिवार विस्थापित भएको छ । शिवनाथ गाउँपालिका १ बण्डका भानसिंह साउँदको घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुर्याएको हो । 

Dengue

आइतबार बिहान खसेको पहिरोले साउँदको दुईतले कच्ची घरमा क्षति पुर्याएको छ भने भान्छा घर र गोठ पुरेको छ । 

घरको छतमा पहिरोसहित रुख खसेपछि अहिले भानसिंहको परिवार छिमेकी देवानसिंह साउँदको घरमा आश्रय लिएर बसीरहेको शारदा मावि मटेलाका शिक्षक दिपकसिंह साउँदले बताए । 

साउँदको घरमा भएको सबै सरसामान र पशुचौपायालाई छिमेकीकै घरमा लगिएको उनले बताए । घरमाथिबाट पहिरो खसेकाले जोखिम बढेपछि साउँदको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार