बैतडीमा पहिरोमा परेर दुई घर भत्किए

बैतडीः बैतडीमा पहिरोमा परेर दुई घर भत्किएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिका एक एक घर भत्किएका छन्। पञ्चेश्वर गाउँपालिका–४ बुंगाका पदमे लुहारको घर भत्किएको हो।

आज (सोमवार) बिहान करिब साढे ९ बजे तिर घर पछाडीबाट आएको पहिरोले लुहारको ४ कोठे घर भत्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताए। प्रवक्ता पाण्डेका अनुसार पदमे लुहारको घरसँगै जोडिएको १० कोठे अर्काे घरपनि जोखिममा परेको छ।

Galaxy

पहिरोको  जोखिममा परेको १० कोठे घरमा बस्दै आएका ३ परिवार र पदमेको परिवारलाई स्थानान्तरण गरिएको छ। चारै परिवारलाई सचेत संस्थाको घरमा सुरक्षीत राखिएको प्रहरी निरीक्षक पाण्डेले बताए। यस्तै दशरथचन्द नगरपालिका–३ बर्काेलीका राम थानको दुई तले घर पनि भत्किएको छ। घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार