कञ्चनपुरमा बाढीमा परेर तीन जनाको मृत्यु, दुई जना बेपत्ता

धनगढी : कञ्चनपुरमा बाढीमा परेर तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पानी घरभित्र पस्दा कृष्णपुर नगरपालिका–१ मोतिपुरका ७ महिने बालकसहित पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा डुबेर १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटीको मृत्यु भएको हो ।

आज बिहान रातोफाले खल्लामा डुबेर लक्ष्मी र सृजना बेपत्ता भएका थिए । उनीहरुसँगै १६ वर्षीया आरती बोगटी पनि बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले लक्ष्मी र सृजनाको शव फेला परेको र आरती अझै बेपत्ता रहेको बताए ।

Dengue

त्यसैगरी आइतबार बेलडाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार