सेयर बजार घट्यो, चार अर्ब ५६ करोड रुपैयाँको कारोबार

काठमाण्डौ : आज सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको पाँच कारोबार दिनपछि आज नेप्से चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ अङ्कमा झरेको छ ।

यस्तै हिजो अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार भयो । आज ९५ कम्पनीको मूल्य बढ्दा एक सय ४१ को घट्यो भने १० को स्थिर रह्यो ।

Dengue

आज फाइनान्स, लघुवित्त र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज मोलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि समाज लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार