प्रभाषको ‘कलकी २८९८ एडी’ पूरा गर्‍यो ५०० करोडको आकंडा

काठमाडौं : दक्षिण भारतीय अभिनेता प्रभाषको मुख्य भूमिका रहेको फिल्म ‘कलकी २८९८ एडी’ले ५०० करोडको आकंडा पार गरेको छ । प्रदर्शनको बाह्रौं दिनमा पनि घरेलु बजारमा यसको व्यापारमा कमी आएको छैन । 

फिल्मले एघारौँ दिन आइतबार ४४.३५ करोड ग्रस कलेक्सन गरेको थियो । योसँगै यस फिल्मको ग्रस कलेक्सन ५१० करोड पुगेको हो । 

Dengue

छोटो समयमा  ५०० करोडको व्यापार गर्ने यो चौथो भारतीय फिल्म बनेको छ । ‘बहुबली २’ले सात दिन, केजीएफ २ ले आठ, आरआरआरले आठ दिनमा यो आकंडा पार गरेका थिए । 

यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’को रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ । जवानले विश्वभरबाट १,१६० करोडको व्यापार गरेको थियो, जुन शाहरुखको सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो । 

‘कलकी २८९८ एडी’ एघारौं दिनमै ९१० करोड ग्रस कलेक्सन गरेको छ । अबको केही दिनमै यो फिल्मले जवानको रेकर्ड तोड्ने अनुमान गरिएको छ । 

यस फिल्ममा प्रभाषसहित अमिताभ बच्चन, दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ । यस फिल्मको लेखक र निर्देशक नाग आश्विन हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार