दोदानदीले लालझाडी, पुनर्वास र बेलौरीका सयौँ घर डुबानमा

धनगढी : दोदानदीमा आएको बाढीले कञ्चनपुरका दर्जनौँ गाउँबस्ती डुबानमा परेका छन्। चार दिनदेखि अविरल परिरहेको भीषण वर्षाले दोदानदीमा बाढी आएपछि बस्ती डुबानमा परेका हुन्।

गएरातिदेखि दोदानदीले लालझाडी, बेलौरी र पुनर्वास नगरका दर्जनौँ गाउँबस्ती डुबानमा परेका छन्। दोदानदी गाउँ पस्दा लालझाडीको कञ्ज, बेलौरीको भकुण्डा, पुनर्वास– ५ सिमरी, रातोपुल, पुनर्वास– २ मोतीबस्तीका सयौँ घर डुबानमा परेका छन्।

Dengue

दोदानदी गाउँ पस्दा पूर्व–पश्चिम र हुलाकी राजमार्गसमेत अवरुद्ध भएको छ।

दोदाबाट विस्थापित भएका घरपरिवारलाई पुनर्वास– ५ चन्द्रवाला आधारभूत विद्यालयमा राखिएको छ। पुनर्वास नगरपालिका विपत् व्यवस्थापन संयोजक होमनाथ ढकालले बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सारिएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार