विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने

काठमाडौं : नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन्।

Dengue

उनले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताइन्। उनले गत सालका पीडितलाई राहत दिन नसक्दे यस वर्ष नागरिकले सोही कुराको दुःख बेहाेर्नुपर्ने बिताइन्।

सांसद गाैतमले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्ने बताइन्।

उनले विपद्का कारण भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षणसमेत गराइन्।

उनले भनिन्, ‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ। यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु। नेपालमा कुनैपनि समय विपद् आउनसक्ने सम्भावना रहेको मुलुक भएकाले बाढी-पहिरोका बारेमा सांसदज्यूहरूले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्छ। प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महसुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ।’

सांसद गौतमले वर्षे विकासको रणनीतिबाट सरकार पछि हट्न आवश्यक रहेको पनि बताइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार