कैलालीका नदीहरुमा बाढी आउँदा दर्जनौँ परिवार विस्थापित

कैलाली : कैलालीका साना ठुला नदीमा पानीको सतह बढेर गाउँ पस्न थालेपछि तटीय क्षेत्रका स्थानीयहरू विस्थापित हुन थालेका छन् ।

कर्णाली नदीको बहावले सतर्कता तह पार गरेको छ। लगातारको वर्षाका कारण कर्णाली नदीको चिसापानी क्षेत्रमा जल सतह १०. ८ मिटर पुगेको छ।यहाँ जल सतह १० मिटर पुगेका सतर्कता तह पार गरेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहन्छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार सतर्कता तह पार गरेपछि कैलाली र बर्दियाका नागरिकका मोबाइलमा सतर्कता अपनाउन एसएमएस पठाइएको छ। यस क्षेत्रमा सोमबारसम्म बाढीको जोखिम छ।

Dengue

अहिले पनि पानी परिरहेको हुँदा अझै जल सतह बढ्ने जनाइएको छ । सम्भावित खतराबाट जोगिन नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन भनिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार मोहना नदीमा पनि जल सतह ३ मिटर पुगिसकेको छ । कन्द्रा र खुटिया नदीमा पनि पानीको बहाव बढिरहेको उनले बताए । यी चार कैलालीका प्रमुख नदी हुन् । यी नदीमा जल सतह बढ्दा कैलालीको दक्षिणी भाग डुबानमा पर्ने हुन्छ ।

अहिले पनि जोशीपुर, टिकापुर, भजनी लगायतका केही बस्तीहरू डुबानमा परिसकेका छन् । जोशीपुर गाउँपालिका ३ मा काँडा नदी बस्तीमा परेपछि १८ जना विस्थापित भइसकेका छन् । ७ पुरुष ८ महिला र तीन बालबालिकालाई स्थानीय विद्यालय र सामुदायीक वनको भवनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए । मोहना नदीको पानीले धनगढी उपमहानगरपालिका १९ को बस्ती जोखिममा परेको छ ।

यहाँ रहेको सशस्त्र प्रहरी कार्यालयको विओपी नै डुबानमा परेको छ । टिकापुर वडा नम्बर ६ मा पथरैया नदी बस्ती पस्दा ४० परिवार विस्थापित भएका छन् । उनीहरूलाई पनि सुरक्षित ठाउँमा ल्याइएको छ । भजनीका केही बस्तीहरू पनि डुबानको चपेटामा परेका छन् । यहाँका स्थानीयहरू हुलाकी सडकमा आएर बसिरहेका

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

सम्बन्धित समाचार