भारतको आसाममा बाढीको कहर: २३ लाख मानिस प्रभावित

एजेन्सी : भारतको आसाममा अविरल वर्षासँगैको बाढीका कारण  २३ लाख मानिस प्रभावित भएका छन्। बाढीका कारण २९ जिल्लाका ९८ गाउँ डुबानमा परेको स्थानीय अधिकारीहरूले जनाएका छन्। 

मिसमरी चार, बोरोचर, इगराची चार, बोगमारी, हातीपोरी, अल्गा चार, हटियाला चा, चतियारा, डेका चार, वार चार क्षेत्रका बाढीले सबै सडक डुबानमा परेपछि स्थानीयवासी मारमा परेका छन्।

Galaxy

आसामका जलस्रोतमन्त्री पिजुस हजारिकाले आइतबार दराङ जिल्लाका बाढी प्रभावित क्षेत्रको भ्रमण गरी अवस्थाको जानकारी लिए।

‘बाढीले असममा चारवटा तटबन्ध भत्किएका छन्। नदी किनारमा धेरै विनाश भएको छ’, उनले भने, ‘हामीले अवस्थालाई गम्भीरतापूर्वक अनुगमन गरिरहेका छौँ।’ 

ब्रह्मपुत्र नदी र यसका सहायक नदीहरूमा पानीको स्तर अहिले घटिरहेको बताइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार