कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

धनगढी : निरन्तरको वर्षाले कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा परेका छन । वर्षा नरोकिएकाले दुवै जिल्लाका प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेका छन ।

कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयहरूले छुट्टा छुट्टै सूचना जारी गरेर नदी तटीय क्षेत्रका नागरिक तथा सम्बन्धित सबै सरोकारवालालाई सतर्कता अपनाउन निर्देशन जारी गरिएको हो ।

Dengue

यसैबिच बर्सेनि बाढीको डुबानले ग्रसित कैलालीको भजनी नगरपालिका क्षेत्रमा हुन सक्ने डुबानबाट जोगिन तथा सावधानी अपनाउन स्थानीय स्तरमा पनि सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

भजनी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले आज बिहानसम्म अवस्था सामान्य रहे पनि नदीमा पानीको सतह बढै गएकोले नगरपालिकास्थित सबै वडाको टोल टोलमा सावधानी अपनाउन सूचना जारी गरिएको बताए । नगर क्षेत्रमा प्रतिकार्यको तयारी पनि गरिएको छ । समयमै नजिकको सुरक्षित स्थान जान पनि अनुरोध गरिएको छ ।

नगरपालिकाले बाढी प्रभावितहरूलाई खाना खुवाउन ठाउँ ठाउँमा मेस सञ्चालनको तयारी गरेको प्रवक्ता चौधरीले बताए । साथै उद्धारको लागि डुङ्गासहित जनशक्तिको पनि व्यवस्थापन गरिएको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार