पहिराले खोडपे–बझाङ जयपृथ्वी राजमार्ग पुनः बन्द

बैतडी: अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्लाको पाटन नगरपालिका ८ साणीघाटमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

आइतबार बिहान ७ बजेतिर खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको र यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
यसअघि असार २२ गते बेलुका सिगास गाउँपालिका ९ को आलुगैरामा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग राति सुचारु भएको थियो ।

Dengue

यस्तै देहिमाडौं–गिरेगडा जोड्ने सडक पनि अवरुद्ध भएको छ । उक्त सडकखण्डको सेडामा पहिरो खस्दा यातायात सेवा बन्द रहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध राजमार्ग तथा सडक खुलाउन पहल भइरहेको भएपनि निरन्तरको वर्षाका कारण समस्या भएको जनाएको छ ।
बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेको सावधानी अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेको छ ।

जलवायु तथा मौसम विज्ञान विभागले बैतडीमा आइतबारसम्म भारी वर्षा हुने भन्दै रेडजोनमा राखेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार