कंचनपुरको महाकाली नदि उर्लियो,सेती लगायतका नदी पनि ‘रेड अलर्ट’मा

काठमाण्डौ : देशका विभिन्न जिल्लामा अहिले पनि पानी परिरहेको छ । लगातारको झरीसँगै महाकाली, सेती ,बबई, नारायणी, कोशीलगायतका नदीमा जलसतहले सर्तकता तह पार गरेको छ ।

कंचनपुर , कैलाली ,डडेलधुरा, बर्दिया, बाँके, स्याङजा, चितवन, धनकुटा, सुनसरीसहित विभिन्न जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पाल्पा, पर्वत, दाङ, नवलपरासीलगायतका जिल्लामा पनि ठूलो पानी परिरहेको छ । लगातार पानी परिरहेका तथा जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन मौसमविद्को आग्रह छ ।

dashain shuvakamana
Discovery School

गएराति पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी पर्यो । नदी तथा खोलाखहरेमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न ठाउँमा झरी कायमै रहने जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार