विद्युतको पोलमा रूख ढलेर बाजुरा र अछाममा विद्युत सेवा अवरुद्ध

धनगढी: लगातारको वर्षातका कारण विद्युतको पोल रुख ढलेर तार चुँडाए पछि बाजुरा र अछाम जिल्लाका केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ।

केही दिन यता लगातार परेको अविरल वर्षाका कारण अछामको बुढाबगरमा सालको रूख ढलेर बिजुलीको पोल भाँचिए पछि राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध भएको हो। शनिवार बिहान ३३ केभी राष्ट्रिय प्रसारण लाइन अन्तर्गत साँफे–मार्तडीको बुढाबगरमा बिजुलीको पोल ढले पछि अछाम र बाजुरा विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए।

अवरुद्ध विद्युत सेवा सुरु गर्नका लागि बाजुरा र अछामबाट जनशक्ति परिचालन गरिएको छ। वर्षाका कारण मर्मत कार्यमा समस्या भई रहेकोले विद्युत आउन केही समय लाग्ने प्रमुख झाले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार