कैलाली र कञ्चनपुर आज राति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

धनगढी: कैलाली कञ्चनपुरमा आज राति भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाकोे सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै आज राती भारी वर्षाको सम्भावना रहेकाले नदी किनारा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

Dengue

प्रमुख जिल्ला अधिकार नारायण प्रसाद सापकोटाद्वारा जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखा, सिंहदरबार, काठमाडौंबाट प्राप्त सूचना अनुसार आज राती कैलाली र कञ्चनपुर जिल्लामा भारी वर्षा हुने सम्भावना देखिएको भन्ने जानकारी प्राप्त भएकाले नदी किनार र तटीय क्षेत्रमा वस्ने जिल्लावासी महानुभावहरु अहिले देखि नै सतर्क रहन उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार