कैलाली कारागारबाट १५० कैदीलाई अन्तै सारीयो !

धनगढी : कैलाली कारागारबाट १५० कैदीलाई स्थानान्तरण गरिएको छ । १५० जना कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ७१५ जना कैदि पुगेपछि १५० कैदीलाई बाँके स्थानान्तरण गरिएको हो ।

कैदीलाई बाँकेको नौवस्ता कारागारमा स्थानान्तरण गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपीं) पदमबहादुर बिष्टले जानकारी दिएका छन । उनकाअनुसार बिहीबार र शुक्रबार ७५/७५ जनाका दरले उनीहरुलाई नौवस्ता कारागारमा पुगाइएको हो ।

Dengue

कैलाली कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी राख्नुपर्ने बाध्यताका कारण व्यवस्थापनमा चुनौती व्यर्होनुपरेको छ भने गर्मी तथा बर्षातको समयमा विभिन्न रोग फैलिने जोखिम समेत बढ्ने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार