बिजुलीको पोलमा रुख ढलेपछि अछाममा विद्युत सेवा अवरुद्ध

बाजुरा : अछामको बुढाबगर नजिकै ३३ केभी विद्युत प्रशारण लाईनमा रुख ढलेको छ । अविरल वर्षाका कारण सालको रूख ढलेर बिजुलीको पोल भाँचिएपछि बाजुरामा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा अवरुद्ध भएको छ ।

शनिवार विहान बिजुलीको पोलमा रुख ढलेपछि अछामका केही स्थान र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए ।

Dengue

उनका अनुसार अवरुद्ध विद्युत सेवा सूचारू गर्नका लागि बाजुरा र अछामबाट जनशक्ति परिचालन गरिएको छ । साँझसम्म काम सकिए विद्युत सेवा सूचारू गर्ने बाजुरा वितरण केन्द्रले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार