बाजुरामा भूकम्पले चर्किएका २ घर भत्किए

बाजुरा : बाजुरा भूकम्पले चर्किएका २ घर भत्किएका छन । लगातारको अविरल वर्षातका कारण त्रिवेणी नगरपालिका–२ छतारास्थित २ घर भत्किएका हुन । वर्षातमा घर भत्किएपछि अहिले दुवै परिवारको बिचल्ली भएको छ ।

घर भत्किएपछि वर्षातको समय कहाँ गएर बस्ने भन्ने चिन्ता लागेको त्रिवणी नगरपालिका २ का स्थानीय राजु मिजारले बताए । उनले भने ‘हिउँदमा भूकम्पले जोगिएको घर वर्खाको समय पूरै भत्किएपछि अहिले बास बस्ने चिन्ता परेको छ ।’

Dengue

घर भत्किएपछि कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको अर्को पीडित पदम मिजारले बताए । अहिले जिल्लामा हिउँदमा भूकम्पले चर्काएका घर वर्षातमा भत्किने जोखिम बढेको छ ।

त्रिवेणी नगरपालिका २ का वडा अध्यक्ष बीरबहादुर विकले घर भत्किएर बिस्थापित भएका परिवारलाई तत्कालका लागि आफन्तको घरमा सारिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार