बझाङ : लगातारको वर्षाले बझाङमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शनिवार बिहान राजमार्ग अन्तर्गत तमैलमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो ।
पहिरोले सडक अवरुद्ध हुँदा आवत जावत ठप्प भएको छ । अहिले पहिरो हटाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए । पहिरो खसेको ठाउँमा नेपाली प्रहरी, शसस्त्र प्रहरीको टोली पनि खटिएको छ । जिल्लामा भारी वर्षा भइरहेकाले अहिले पहिरो पन्छाउने काममा पनि अवरोध भइरहेको छ ।
हरेक वर्ष वर्खायामा यो सडक पहिरोका कारण क्षति हुने गरेको छ । दुई दिन यता पानी परिरहेका कारण अलिहेसम्म तीन पटक सडक अवरुद्ध भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्