कैलालीमा श्रीमती छोड्न २१२ पुरुष पुगे अदालत

धनगढीः कैलालीमा श्रीमानश्रीमतीबिच हुने खटपट बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा अदालतमा वैवाहिक सम्बन्ध अन्त्य गर्न ७०३ मुद्दा दर्ता भएका छन्। जसमध्ये महिलाले ४७६ र पुरुषले २२७ मुद्दा दर्ता गरेका छन्।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका थप ६३८ मुद्दा दर्ता भएका छन्। जसमा ४२६ मुद्दा महिलाले दर्ता गरेका छन् भने २१२ मुद्दा पुरुषले दर्ता गराएका छन्। आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका २ हजार ३६० मुद्दा जिल्ला अदालत कैलालीमा दर्ता भएका छन्।

Dengue

जसमध्ये एक हजार ६ सय ३८ मुद्दा महिलाले दर्ता गरेका छन भने ७२२ मुद्दा पुरुषले दर्ता गराएका हुन्। सम्बन्धविच्छेद गर्न अदालत जानेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर देखिएको छ। जिल्लामा सम्बन्धविच्छेदको समस्या विकराल बन्दै गएको छ।

जिल्लामा बैवाहिक सम्बन्ध तोड्न मुद्दा दिनेमा महिलाको संख्या सबैभन्दा धेरै देखिएको छ। पाँच वर्षको अवधिमा मात्र दुई हजारभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा अदालतमा दर्ता भएका छन्। पाँच वर्षको अवधिमा दुई हजार तीन सय ६० मुद्दा दर्ता भएका छन्। तीमध्ये एक हजार ६३८ मुद्दा महिलाले दर्ता गरेका हुन् भने ७२२ थान मुद्दा पुरुषले दर्ता गरेका हुन्।
दम्पतीको शयन कक्षासम्म फेसबुक 
अहिले धेरै दम्पती कामकाजी छन्। कोही काम गर्छन्, कोही जागिर खान्छन् भने कोही व्यापार गर्छन्। त्यसैले अन्तरंग पल साट्ने समय छोटिँदै गएको छ। त्यसमाथि उनीहरूसँग थोरै समय बच्छ, जुन साँझ काम सकेर घर फर्किएपछिको समय, खाना खान बस्दाको समय, राति शयनकक्षमा बिताउने समय। यद्यपि यो समय पनि सोसल मिडियाले खोसिदिएको छ।

मोबाइल शयनकक्षसम्म पुगेको छ। श्रीमान–श्रीमती दुवैको हातमा मोबाइल हुन्छ। उनीहरू या त फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, युट्युबमा अलमलिइरहेका हुन्छन्। कतिसम्म भने शयनकक्षमा समेत उनीहरू फेसबुक र ट्वीटरको दुनियाँमा रमाइरहेका हुन्छन्। दाम्पत्य सम्बन्धलाई दिगो, विश्वसनीय, मधुर, कसिलो र रसिलो बनाउन आपसी संवाद र सम्बन्धको खाँचो हुन्छ। तर सामाजिक सञ्जालले उनीहरूबीचको संवादको वातावरण नै बिथोलिदिएको छ।

घर–व्यवहार चलाउन, घरको आर्थिक स्थितिदेखि बालबच्चाको पढाइ, आर्थिक लेनदेका लागि दम्पतीबीच अन्तरसंवाद भैरहनुपर्छ। अहिले उनीहरूबिच अन्तरसंवाद हुँदैन । श्रीमान–श्रीमतीबिच मोबाइलले दूरी बढाएको छ। यसको नकारात्मक प्रभाव श्रीमान–श्रीमतीको सम्बन्धमा परेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार