कैलाली : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशको नतिजा सबैभन्दा कमजोर पाईएको रहेको छ । सुदूरपश्चिमबाट ३१.३८ प्रतिशत मात्र उतीर्ण भएका छन् । सुदूरपश्चिमका ९ वटै जिल्लाबाट एक हजार १३२ विद्यालय एसईई परीक्षामा सहभागी भएकामा ८५ विद्यालयको नतिजा शून्य रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
डोटी र बैतडीबाट १८/१८ विद्यालयको नतिजा शून्य छ । यस्तै कैलालीका १५, कञ्चनपुर र डडेल्धुराका ८/८, दार्चुलाका ७, बाजुराका ६, अछामका ५ वटा विद्यालयको नतिजा शून्य छ ।
डडेल्धुराबाट ७० विद्यालय परीक्षामा सहभागी भएकामा ८ वटा विद्यालयको नतिजा एनजी छ ।
प्रतिक्रिया दिनुहोस्