बैतडीको सतबाँझ–श्रीभावर सडक पहिरोले अवरुद्ध

बैतडी : लगातारको बर्षाले पहिरो खसेपछि बैतडीको सतबाँझ –श्रीभावर सडक अवरुद्ध भएको छ ।

सडक अन्तर्गत सुर्नया गाउँपालिका ४ बङसल्ला भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको यातायात व्यवसायी रामबहादुर बिष्टले बताए ।

Dengue

सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नतीको काम अन्तर्गत नयाँ कटिङ भएको र नयाँ कटिङ भएका ठाउँमा पहिरो खसेको उनले बताए । उक्त सडक अवरुद्ध भएपछि सुर्नया गाउँपालिकाको केन्द्र आवतजावतमा समस्या भएको छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नतीको काम भइरहेको छ । स्तरोन्नतीका लागि सडक डबल कटिङ गरेको र ठाउँ–ठाउँमा पहिरो खसेको बिष्टले बताए ।

बङसल्ला हुँदै सुर्नया गाउँपालिकाको केन्द्र जोड्ने र सनशेरीमाण्डौं हुँदै पालिकाको केन्द्र जोड्ने दुवै सडकमा पहिरो खसेको बताइएको छ । सडक अवरुद्ध हुँदा वडा नं १,२ र ३ का नागरिकलाई पालिकाको केन्द्रसम्म पुग्न समस्या भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताइएक

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार