‘मायाको घर’ गायक रामकृष्ण ढकालको नयाँ गीत

काठमाडौं : पाँच हजारभन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्यूएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो ।

Dengue

गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको संगीत तथा रामकृष्ण ढकालको स्वर छ

गीतको भिडियोलाई स्वीकृति सापकोटाले निर्देशन गरेकी छन् । यसमा गायक ढकाल र पाँच वर्षीया कलाकार आर्या भानीले अभिनय गरेका छन् । भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिकामा अभिनय गरेका छन् ।

भिडियोमा सुशील खनालको छायांकन तथा सम्पादन रहेको छ भने क्रिएटिभ हेड आशा गौतम र सहायक निर्देशक रोशन अधिकारी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार