लगातार पानी परेपछी बैतडीमा २ तले घर भत्कियो !

बैतडी : बैतडीमा लगातारको बर्षाका कारण दुई तले कच्ची घर भत्किएको छ ! दशरथचन्द नगरपालिका–९ स्थित मनध्वज रानाको दुईतले कच्ची घर भत्किएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, शुक्रबार दिउँसो उक्त घर भत्किएको हो।

भाग्यवश, उक्त घरमा कुनै बसोबास नभएको हुँदा मानवीय क्षति भने नभएको बताइएको छ। प्रहरी निरीक्षक पाण्डेयले घटनाका विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

Dengue

यहाँको लगातारको बर्षाले विभिन्न स्थानमा क्षति पुर्याएको भए पनि, यो घटना कुनै मानवीय क्षतिबाट बच्न सफल भएको एक उदाहरण हो। स्थानीय बासिन्दाहरूले सतर्कता अपनाउन र सम्भावित खतरा भएका क्षेत्रहरूबाट टाढा रहन सुझाव दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार