प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन

भक्तराज जोशी

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का नेता तथा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आलेले केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै ईच्छा नभएको बताउनुभएको छ ।
नेकपा एसको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आलेको नाम उल्लेख गरिएको छैन ।
घोषणापछि नेता आलेले भन्नुभयो – ‘हैसियत नभएको पार्टीका केन्द्रीय सदस्य होईन पदाधिकारी नै दिएपनि मलाई स्वीकार्य छैन ।’
‘जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ जनताका लागि स्वतन्त्र रुपमा काम गर्छु ।’ उहाँले अगाडि भन्नुभयो ‘पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको हैसियत जनमोर्चा जत्तिको पनि छैन । त्यसैले महाधिवेशनमा मलाई रुचि नै भएन ।’
पार्टी नेतृत्वको कार्यशैली प्रति आलेले निरन्तर रुपमा बिमति राख्दै आउनु भएको छ । उहाँ घरायसी कामले मुलुकबाहिर रहेको जानकारी दिनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार