प्रेम आलेले परित्याग गरे एकीकृत समाजवादी पार्टी

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका निवर्तमान पोलिटब्यूरो सदस्य प्रेम आलेले पार्टी परित्याग गरेका छन् । महाधिवेशनबाट निर्वाचित भन्दै सार्वजनिक गरिएको ९३ सदस्यीय केन्द्रीय सदस्यमा आलेको नाम परेको छैन । पहिलेका पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन ।

पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाले केन्द्रीय सदस्यबाट आलेलाई हटाइएको जानकारी दिए । आले महाधिवेशनमा सहभागी नभएकाले उनको नाम केन्द्रीय समितिमा नराखिएको खतिवडाले बताए ।

Dengue

डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य आले एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपालाई साथ दिएका थिए ।

आलेले भने पछिल्लो ८ महिनादेखि आफू पार्टी कामबाट निष्क्रिय बनेको, महाधिवेशनमा सहभागी नभइ बहिस्कार गरेको जानकारी दिए । आफूले बहिष्कार गरेको महाधिवेशनले गरेको निर्णयको अर्थ नरहने आलेको भनाइ छ ।

आफूलाई पार्टीप्रति रुचि नभएको केबल जनताप्रति उत्तरदायी हुने र स्वतन्त्र भएर जनताको काम गर्ने आलेले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार